हङकङमा इङनाम इवाहाङ परिवारले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
गएको आइतबार सिङमुन जलाशयको दक्षिणतर्फ अवस्थित बीबीक्यू साइटमा भेटघाटन कार्यक्रम राखिएको हो।
कार्यक्रममा इङनाम बन्धु र कुटुम्ब सहित झन्डै १२० को सङ्ख्यामा उपस्थित थिए।
हङकङमा बसोबास गरिरहेका इङनाम इवाहाङ बन्धुहरूबीच आत्मीयता, एकता र सद्भावमा कमी नहोस् भन्ने हेतुले यस प्रकारका कार्यक्रम गरिँदै आएको र यस वर्ष पनि त्यसैको निरन्तरतास्वरुप कार्यक्रम गरिएको इङनाम इवाहाङ परिवार हङकङका अध्यक्ष सुमन इङनाम लिम्बुले बताए।

प्रवासी जीवनमा आफ्नो वंश परम्परा चिनाउनका लागि र आफ्नो भाषा संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि यस प्रकारका कार्यक्रम उपलब्धिमूल हुने अध्यक्ष लिम्बुको भनाइ छ।
सन् १९९६ मा स्थापना भएको यस संस्थाले हरेक वर्ष भेटघाट कार्यक्रम गर्दै आएको छ।
273
Shares

प्रतिक्रिया