हङकङमा महावाणिज्य दूतावासको कर्मचारी हुँ भन्दै रकम ठग्ने गिरोह सक्रिय

हङकङमा महावाणिज्य दूतावासको कर्मचारी हुँ भन्दै रकम ठग्ने गिरोह सक्रिय

नेपालखबर
चैत १, २०८१ शुक्रबार १३:४५, हङकङ

हङकङमा ठगीको नयाँ रूप देखा परेको छ। आफूलाई सरकारी निकायसँग सम्बन्धित कर्मचारी भन्दै रकम ठगी गर्ने गिरोह सक्रिय रहेको नेपाली महावाणिज्य दूतावास, हङकङले जनाएको छ।

गिरोहले टेलिफोनमार्फत आफूलाई भारतीय वा नेपाली कन्सुलेट जनरलको कूटनीतिक कर्मचारी वा प्रहरी अनुसन्धानकर्ता रहेको भन्दै रकम असुल्ने गरेको पाइएको हो।

यस्ता गिरोहले सर्वसाधारणलाई अपराधमा संलग्न करार गरी मुद्दा मिलाइदिने भन्दै अपरिचित बैंक खातामा रकम पठाउन लगाउने गरेको जानकारी प्राप्त भएको महावाणिज्य दूतावासले जनाएको छ।

महावाणिज्य दूतावासले हिजो एक सूचना जारी गर्दै यस्ता ठगीबाट बच्नको लागि सावधानी अपनाउन भनेको छ।

टेलिफोनबाट कसैले व्यक्तिगत विवरण वा कागजात मागेमा व्यक्ति यकिन नगरी आफ्नो व्यक्तिगत विवरण एवं कागजातहरू उपलब्ध नगराउन, अपरचित व्यक्तिबाट शंकास्पद गतिविधिका कल प्राप्त भएमा प्रहरीमा रिपोर्ट गर्न, यस्ता फोनकर्ताको नाम र बैंक खाता हङकङ प्रहरीको स्कामिटर एपमा खोजी वा रिपोर्ट गर्न तथा अपरिचित व्यक्तिको खातामा रकम ट्रान्सफर नगर्न समेत महावाणिज्य दूतावासले सूचनामार्फत सर्वसाधारणमा आह्वान गरेको हो।

साथै समाजमा घटेका यस्ता घटनाका सम्बन्धमा साथीभाइ तथा आफन्तहरूलाई सचेत गराउन समेत महावाणिज्य दूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .