आइतबार बिहान सिंगापुरका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमान उडान भरेको आधा घण्टामै हङकङ फर्किएको छ।
बिहान साढे १०:५५ बजे हङकङबाट प्रस्थान गरेको सीएक्स३७१९ विमान मध्यान्ह १२:०४ मा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको विमानस्थल प्राधिकरणले जनाएको छ।
चालक दलका सदस्यले साढे ११ बजे इन्जिनमा समस्या आएको रिपोर्ट गरेका थिए।
उक्त विमान दिउँसो १ बजे सिंगापुर पुग्ने तालिका थियो। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्राधिकरणले बताएको छ। (द स्ट्यान्डर्ड)
570
Shares

प्रतिक्रिया