हङकङको गङपिङ केबलकारले गर्‍यो आय वृद्धि

हङकङको गङपिङ केबलकारले गर्‍यो आय वृद्धि

२०२४ मा गङपिङ केबलकारबाट १५ लाख ६० हजार आगन्तुकले सेवा लिएका छन् (एससीएमपी)


नेपालखबर
फागुन ७, २०८१ बुधबार १७:५३, हङकङ

हङकङको गङपिङ३६० केबलकारले विगत वर्षमा भन्दा आम्दानी बढाएको छ।

केबलकार सञ्चालकले मंगलबार बताएअनुसार गतवर्ष सन् २०२३ को तुलनामा ३० प्रतिशत आय बढेको हो। यो कोभिड महामारीअघिको स्तरभन्दा ३२ प्रतिशतले बढी छ।

आयवृद्धिको यो सम्भव विदेशी आगन्तुकका कारण भएको कम्पनीले सञ्चालकले जनाएका छन्।

‘महत्त्वपूर्ण कुरा, हाम्रा लागि विदेशी आगन्तुक महत्त्वपूर्ण थिए। विशेषगरी अक्टोबरपछि धेरै राम्रो सुधार भयो,’ गङपिङ ३६० का प्रबन्ध निर्देशक जेम्स तङ पुइले भने।

उनका अनुसार मुख्यभूमिबाट आउने आगन्तुकको दैनिक औसत संख्या ६ प्रतिशतले बढेको छ। वार्षिक रूपमा पनि लामो दूरीका पर्यटकको संख्या ८४ प्रतिशतले बढेको छ।

सन् २०२४ मा १५ लाख ६० हजार आगन्तुकलाई स्वागत गरेको कम्पनीले जनाएको छ।

त्यस्तै, २०२३ मा विशेषत: एसियाका पाहुनाको बाहुल्यता रहेको गङपिङको तथ्यांकमा छ। जसमा विशेषगरी सिंगापुर, थाइल्यान्ड र मलेसियाबाट आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको थियो।

युरोपेली र अमेरिकी आगन्तुकको संख्या भने कोभिड महामारीअघिको तुलनामा लगभग आधा मात्र थियो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .