महिलाका गोप्य अंगको भिडिओ खिच्ने पुरुषलाई हङकङको अदालतले सुनायो जेल सजाय

महिलाका गोप्य अंगको भिडिओ खिच्ने पुरुषलाई हङकङको अदालतले सुनायो जेल सजाय

वेस्ट काउलुन अदालतले पीडकलाई १४ दिनको जेल सजाय तोकेको छ


नेपालखबर
फागुन ५, २०८१ सोमबार १६:३३, हङकङ

हङकङ भ्रमणका क्रममा महिलालाई ‘अपस्कर्टिङ’ गरेको आरोप लागेका एक मुख्यभूमि पुरुषलाई पश्चिम काउलुन अदालतले १४ दिनको जेल सजाय सुनाएको छ।

‘अपस्कर्टिङ’ भन्नाले यौन सन्तुष्टि प्राप्त गर्ने, अपमान गर्ने वा यस्तै अन्य उद्देश्यले सम्बन्धित व्यक्तिको अनुमतिविना उसको पोशाकमुनिको तस्बिर खिच्ने कार्यलाई बुझाउँछ।

आरोपितमाथि मङकक एमटीआर स्टेसनमा महिलालाई अपस्कर्टिङ गरेको आरोप थियो।

पेसाले कम्प्युटर प्राविधिक र स्नातक तहका विद्यार्थी वेइ ताङले पनि  मजिस्ट्रेट ग्यारी चु म्यानसमक्ष महिलाको गोप्य अंगको तस्बिर/भिडिओ खिचेको स्वीकार गरेका छन्। उनले अदालतसमक्ष दिएको बयानमा उनी गएको शनिबार एक हप्ते भ्रमणमा हङकङ आएका थिए।

यस्तो थियो घटना
मङकक स्टेसनमा एक व्यक्तिले बायाँ हातमा मोबाइल लिएर महिलालाई पछ्याएको प्रहरीले नोटिस गर्‍यो। पछ्याउँदै गरेको पुरुषले महिलाको पोशाकमुनि उपकरणसहित हात लैजान्छ तर महिला भने यस विषयमा अनभिज्ञ हुन्छिन्।

यसपछि भने अधिकारीहरूले उक्त पुरुषको यस कार्यलाई रोकेर अनुसन्धान थालेका थिए। उनको फोनमा जाँच गर्दा महिलाको भित्री वस्त्र कैद भएको भिडिओ फेला पर्‍यो। त्यसपछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो।

प्रहरीलाई दिएको बयानमा वाईले यस कार्यलाई पारिवारिक तनावसँग जोडेका छन्।

‘म पारिवारिक समस्याबाट तनावमा छु। त्यसैले महिलाको पोशाकमुनिका तस्बिरहरू खिचेको हुँ,’ वेईले क्यान्टोनिज भाषामा प्रहरीलाई बताएका थिए।

आफ्ना सेवानिवृत्त आमाबाबुलाई आर्थिक सहयोग प्रदान गर्न यसो गर्न पुगेको उनको तर्क छ। प्रहरीसँगको बयानमा उनले आफ्नो मासिक तलब २३ हजार युआनबाट बाबुआमालाई २० हजार युआन दिएको बताएका छन्।

अदालतले भन्यो गम्भीर अपराध
अदालतमा मुद्दा चल्दै गर्दै पीडक पक्षका वकिलले वेइले तुरुन्तै अपराध स्वीकार गरेको, पुन: अपराध नगर्ने वाचा गरेको तथा पीडितसँग माफी मागेको तर्क अघि सार्दै उदार सजायको अनुरोध गरेका थिए।

तर, मजिस्ट्रेट चुले भने भिडिओ ‘लिक’ हुने सम्भावित जोखिम तथा पीडितको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव जस्ता पक्ष दर्शाउँदै मुद्दा गम्भीर प्रकृतिको भनेर व्याख्या गरेका छन्।

यस्तै प्रकृतिका अन्य अपराधहरू रोक्न र सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षाको अनुभूति प्रदान गर्न पनि पीडकलाई तत्काल कारावास सजाय आवश्यक रहेको निर्णयसहित मजिस्ट्रेट चुले सुरुमा २१ दिनको सजाय तोकेका थिए।

यद्यपि, पीडकको प्रारम्भिक दोषी बयानको लागि सजायमा एक तिहाइ छुटसहित अन्तिम फैसलामा १४ दिनको जेल सजाय तोकिएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .