हङकङमा ७ घण्टा रेलमार्ग अवरोधको जरिवाना १० लाख डलर

हङकङमा ७ घण्टा रेलमार्ग अवरोधको जरिवाना १० लाख डलर

ताईवो एमटीआर स्टेसननजिकै अलपत्र परेको रेलको हवाई दृश्य (एससीएमपी)


नेपालखबर
माघ २५, २०८१ शुक्रबार १३:५७, हङकङ

हङकङको एमीटीआर कर्पोरेसनलाई १० लाख हङकङ डलर जरिवाना हुने भएको छ। सात घण्टाभन्दा लामो अवधिसम्मको सेवा अवरोधबाट यात्रुलाई मर्का परेको भन्दै कर्पोरेसनलाई यति ठूलो रकम जरिवाना तिराउन लागिएको हो।

बुधबार एक सेन्सरमा खराबी देखिएपछि रेललाई ट्र्याकमै रोकेर मर्मत गर्दा सात घण्टा पूर्वी रेल लाइन अवरुद्ध भएको थियो।

१० लाख जरिवानालाई समीक्षा गर्न विभिन्न पक्षबाट माग भए पनि यातायात अधिकारीले भने उक्त मागलाई अस्वीकार गरेका छन्। कर्पोरेसनका प्रबन्ध निर्देशक जेनी मेईले फेरि पनि कम्पनीको तर्फबाट माफी मागेका थिए।

शुक्रबार व्यवस्थापिकामा भएको प्यानल बैठकमा उठेको यस विषयमा अधिकारीहरूले जरिवाना पुष्टि गरेको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

बुधबार ताईवो एमटीआर स्टेसन नजिकै ट्र्याकमा रेल स्थिर बस्दा स्टेसनबाट दक्षिण र उत्तरतर्फ जाने रेलहरू समेत प्रभावित भएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .