हङकङमा एक महिनाको अवधिभित्र फ्लुबाट १२२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य सुरक्षा केन्द्रले जनाएको छ।
जनवरी सुरुबाट फ्लु सिजन सुरु भएयताका चार हप्तामा उक्त संख्यामा मानिसको ज्यान गएको सुरक्षा केन्द्र प्रमुख एडविन चोईले बताएका हुन्।
प्रमुख चोईले हङकङ र उत्तरी गोलार्द्धका धेरै देशमा हाल फ्लुको संक्रमणदर उच्च रहेको बताए।
‘जनवरीको सुरुमा फ्लु सिजन सुरु भएदेखि केन्द्रले पहिलो चार हप्ताभित्र १९९ वयस्कमा सघन हेरचाह गर्नुपर्ने गरी फ्लुको संक्रमण भएको रेकर्ड गरेको छ,’ प्रमुख चोईले भने, ‘यो संख्या अघिल्लो फ्लु सिजनको सोही अवधिमा १२७ थियो।’
फ्लुबाट मृत्यु हुनेमा लगभग ९० प्रतिशत ६५ वर्षदेखि माथिका रहेको चोईले उल्लेख गरे।
यो संख्यामा ९ बालबालिका थिए। जसमध्ये सात जनाले खोप नलगाएको भेटिएको थियो। (द स्ट्यान्डर्ड)
111
Shares

प्रतिक्रिया