हङकङमा फ्लुका कारण एक हप्ताको अवधिमा ४६ जनाको मृत्यु भएको छ। जनवरी १९ देखि २५ सम्म सघन उपचार आवश्यक पर्ने ६५ जना फ्लुका गम्भीर बिरामीमध्ये ४६ जनाको मृत्यु भएको हो।
स्वास्थ्य सुरक्षा केन्द्रका अनुसार, यस हप्ताको पहिलो दुई दिनमा पनि १० जना इन्फ्लुएन्जाका बिरामीको मृत्यु भएको छ।
फ्लुको मौसम सुरु भएदेखि ८८ जनाको यससँग सम्बन्धित समस्याबाट मृत्यु भएको छ। जुन पछिल्लो पाँच सिजनमा सबैभन्दा उच्च हो।
यसैगरी, विभिन्न निजी क्लिनिकहरूमा पनि फ्लुका बिरामीको वृद्धि भएको छ। १ हजार परामर्शदाताकहाँ ४६.७ प्रतिशत बिरामी फ्लुका रहेको रिपोर्ट पाइएको सुरक्षा केन्द्रले जनाएको छ। (द स्ट्यान्डर्ड)
231
Shares

प्रतिक्रिया