जापानबाट हङकङ आएको जहाजमा २ महिलाले बबाल गर्दा परे प्रहरीको फन्दामा

जापानबाट हङकङ आएको जहाजमा २ महिलाले बबाल गर्दा परे प्रहरीको फन्दामा

क्याथेको विमानमा यात्रारत २ महिलाबीच झगडा परेको हो (फाइल तस्बिर)


नेपालखबर
पुस २३, २०८१ मंगलबार १८:२५, हङकङ

क्याथे प्यासिफिकको उडान सीएक्स५८१ बाट हङकङ आएका दुई यात्रु आपसमा झगडा गर्दा प्रहरीलाई नै खबर गर्नुपरेको छ।

सोमबार राति जापानको सपोरोबाट हङकङ आएको उडानमा उक्त घटना घटेको हो।

स्रोतले दिएको जानकारीअनुसार, बच्चाको रोदनका कारण झगडाको सुरुआत भएको थियो।

विमान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो। मुख्यभूमिकी ६० वर्षीया झाङ उपनामकी महिला जसले मदिरा पनि सेवन गरेकी थिइन्। उनी ३ वर्षको बच्चासहित यात्रामा थिइन्। बच्चा रुन थालेपछि उनी उत्तेजित भइन्।

यसै क्रममा उनको पछाडि सिटमा बसेकी ३२ वर्षीया महिलाले हल्लाप्रति रोष प्रकट गर्दै पानीको बोतल उनीतिर फ्याँकिदिइन्। जसले स्थितिलाई झगडातर्फ डोर्‍यायो।

विमानकी परिचारिकाले स्थितिलाई नियन्त्रणमा लिन खोजे पनि सकिनन्। चोई उपनामकी ३२ वर्षीया महिलाले फेरि झाङलाई कुसनले हिर्काइन्। झाङले पनि उसैगरी कुसनले नै चोईको बदला लिइन्।

स्थिति असामान्य बन्दै गएपछि परिचारिकाले प्रहरीलाई खबर गरेकी थिइन्। राति ९:४० बजे विमानभित्र झगडा भएको सूचना पाएको प्रहरीले उड्डयन सुरक्षा अध्यादेश उल्लङ्घन गरेको आरोपमा दुवै महिलालाई पक्राउ गर्‍यो।

थप अनुसन्धानको लागि मुद्दा विमानस्थल प्रहरीलाई हस्तान्तरण गरिएको छ।

घटनामा ३२ वर्षीया चोईको नाडीमा चोट लागेको छ भने झाङले छातीमा असहज महुसस गरेको बतएकी थिइन्। यद्यपि, दुवै महिलाले उपचारका लागि अस्पताल जान अस्वीकार गरेका थिए। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .