हङकङमा विदेशबाट आउने सबै यात्रुलाई क्वारेन्टाइनमा राखिने

हङकङमा विदेशबाट आउने सबै यात्रुलाई क्वारेन्टाइनमा राखिने

नेपालखबर
चैत ४, २०७६ मंगलबार ९:२९,

मंगलबार हङकङ सरकारले विदेशबाट आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने घोषणा गरेको हो।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामका अनुसार सबैलाई घरमै क्वारेन्टाइनमा राखिनेछ। उनीहरुचिकित्सकको निगरानीमा हुनेछन्।

मकाउ र ताइवानबाट हङकङ आएकामा भने यो नियम लागू नहुने जनाइएको छ।

विदेशबाट हङकङ फर्किएकामा धेरै कोरोना संक्रमण देखिन थालेपछि सरकारले विदेशबाट फर्कनै सबैलाई क्वारेन्टाइनमा राख्ने योजना ल्याएको हो।

यसैबीच क्वारेन्टाइनमा राखिएका सबैलाई सरकारले कडा निगरानीमा राख्ने भएको छ। हङकङले क्वारेन्टाइनमा बस्ने सबैले विद्युतीय रिस्टब्यान्ड अनिवार्य लगाउनुपर्ने नियम ल्याएको छ।

उक्त हाते फिताले मानिस कहाँ जान्छ भनेर सूचना दिनेछ। यसको सहयोगमा सरकारी अधिकारीले क्वारेन्टाइनमा बस्न भनिएका मानिसले नियम पालना गरेको छ या छैन भन्ने थाहा पाउनेछन्।

हालसम्म हङकङमा १५७ जना कोरोनाबाट संक्रमित छन्। चार जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .