हङकङ नेपाली महासंघको कार्यालय तोडफोड

हङकङ नेपाली महासंघको कार्यालय तोडफोड

मगेन्द्र राई
असार १९, २०७६ बिहिबार ५:११,

हङकङको जोर्डनस्थित हङकङ नेपाली महासंघको कार्यालय तोडफोड भएको छ। बिहिबार बिहान जोर्डनको १६५ वुसुङ स्ट्रीटस्थित पहिलो तल्लामा रहेको महासंघको कार्यलयको झ्याल इँटाले हानेर तोडफोड भएको हो।

महासंघको कार्यालयसँगै नेपाली समुदायका लागि सञ्चालन गरिएको सामुदायिक सेवा समुहको कार्यालय पनि छ, जुन हङकङ सरकारको गृहमन्त्रालयले प्रायोजना गर्ने कार्यक्रम हो।

सामुदायिक सेवा कार्यक्रमकी गौरी गुरुङले बिहिबार बिहान नौ बजे कार्यालय पुग्दा तोडफोड भएको देखेकी हुन्।

‘सदा झैं ढोका खोलेर भित्र पसें, अनि आफ्नो क्याबिनतिर जाँदा कुर्सीमा ठुलो इँटा पो बिराजमान भएको देखें’, गुरुङले नेपालखबरसँग भनिन्, ‘त्यसैपनि बिहान पख कार्यालय सुनसान हुन्छ, सिसाको झ्याल तोडेर इँटा कुर्सीमाथि बस्न आइपुगेछ। मेरो त होस् हवास नै उड्यो।’

hk3

उनले घटनाबारे तत्कालै महासंघकी पूर्व अध्यक्ष रिता गुरुङलाई फोनबाट जानकारी दिएको बताइन।

२० वर्ष पुरानो हङकङ नेपाली महासंघमा यहाँका नेपाली संघसंस्थाहरू आवद्ध रहेका छन्।

पाँच वटा कोठा रहेको उक्त तलाको कोठा ए मा नेपालीकै स्वामित्व रहेको सिद्ध राईज एन्ड ग्रोथ लिमिटेडको कार्यालय छ।

अहिले मर्मत भइरहेको यो भवनमा लुटेराहरु बेम्बू स्काफफोल्डिङबाट मध्यरातमा चढेको हुन सक्ने उक्त कार्यालयका निर्देशक गम्मर श्रीसले बताए।

hk2 2

‘सायद पैसा चोर्ने लुटेराहरु हुनु पर्छ, तर हामी कार्यालयमा नगद राख्दैनौं, सबै सिस्टम रेकर्ड मात्र हुन्छ’, श्रीसले भने, ‘कार्यालयका महङ्गो कम्प्युटर, सन ग्लाससहित सबै सामान सलामत छन्।’

उत्तल फ्लाटका कोठा बि र सि सुरक्षित छन्, महासंघको कार्यालय डि र ईमा रहेको छ। कोठा एफमा रहेको सैलुनको झ्याल तोडेर भित्र पसि ३ हजार हङकङ डलर चोरी गरेको चिनियाँ सन्चालकले बताएका छन्।

hk4

महासंघकी पूर्व अध्यक्ष तथा याउ चिङ मोङ जिल्ला फाईट क्राईम कमिटीकी उपाध्यक्ष रिता गुरुङले यो घटनाबाट दुखित भएको बताइन।

‘सम्भवत हामीलाई नै निशाना बनाइएको हुन सक्छ। घटनालाई मोड्न दायाँ बायाँका कोठाहरुमा बढी क्षती पुर्याएको हुन सक्छ’, गुरुङले भनिन्।

घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरी गुप्तचरहरूले अहिले बयान लिइरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .