हङकङ नेप्लिज टेनिस सोसाइटीले गर्‍यो तेस्रो अधिवेशन, अध्यक्षमा किशोर गुरुङ

हङकङ नेप्लिज टेनिस सोसाइटीले गर्‍यो तेस्रो अधिवेशन, अध्यक्षमा किशोर गुरुङ

नवनिर्वाचित कार्यसमिति


सन्तोष तामाङ
कात्तिक १३, २०८१ मंगलबार १५:८, हङकङ

हङकङ नेप्लिज टेनिस सोसाइटीको तेस्रो अधिवेशनले किशोर गुरुङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार हङकङको जोर्डनस्थित बगैँचा रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश: किसन थापा, टेकेन्द्र सुब्बा र सन्जीव राई सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा विकास गुरुङ (१), विकास गुरुङ (२), अर्जुन गुरुङ, भिम पुन, प्रकाश गुरुङ, राम लिम्बु, शिवलाल सुवेदी, गेरी गुरुङ र गुमनसिङ गुरुङ चुनिएका छन्। सन् २०१० मा स्थापना भएको सोसाइटीको नेतृत्व स्थापनाकालबाट १४ वर्षसम्म निवर्तमान अध्यक्ष मगेन्द्र राईले गरेका थिए।

सोसाइटीले पोखरा रङ्गशालामा एक टेनिस कोर्ट तथा सोसाइटी, नेपाल फाइनान्स र बगैँचा डटकमको संयुक्त लगानीमा रामेछाप र इटहरीमा स्कुल भवन निर्माण गरिदिएको छ। अन्य खेल तथा दैवी प्रकोपलगायतमा आर्थिक तथा मानवीय कार्यमा समेत उल्लेख्य सहयोग उपलब्ध गराएको छ। यस बाहेक नेपालबाट आएका खेलकुद सम्बन्धी व्यक्तित्त्वहरूलाई सम्मान र सहयोग गर्ने काम पनि गर्दै आएको छ।

संस्थाको अधिवेशन हङकङस्थित नेपाली महावाणिज्यदूतावासका सतीश गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने हङकङमा रहेका खेलकुदसम्बन्धी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अधिवेशनका क्रममा सोसाइटीद्वारा प्रकाशित स्मारिका विमोचन पनि गरिएको थियो। स्मारिकामा सोसाइटीले स्थापनाकालबाट हालसम्म गरेका काम र उपलब्धिहरू समेटिएका छन्।

स्मारिका विमोचन गरिँदै

कार्यक्रममा सोसाइटीले खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई हङकङमै पहिलो पटक अभिनन्दन पनि गरेको छ। जसमध्ये तेक्वान्दोका ग्रान्डमास्टर तथा हल अफ फेमद्वारा सम्मानित तुल्सीकुमार गुरुङ, प्रथम ओलम्पियन बक्सर नामसिंह थापा, पूर्वराष्ट्रिय भलिबल खेलाडी जयनारायण चौधरी, गल्फर तथा सोसाइटीका संरक्षक वाईबी राई, सोसाइटीका पूर्वअध्यक्ष मगेन्द्र राई, वरिष्ठ टान्डेम प्यारापाइलट तथा धावक कृष्ण राजभण्डारी लगायत अभिनन्दित भएका छन्।

त्यसैगरी धावक सन्तोष तामाङलाई सम्मान-पत्र प्रदान गरिएको थियो भने जी क्लाडस लिमिटेड र लिङ्मा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङलाई कदर-पत्र प्रदान गरिएको थियो।

सम्मानित व्यक्तित्त्वहरू बायाँबाट क्रमश: कृष्ण राजभण्डारी, सन्तोष तामाङ, तुल्सीकुमार गुरुङ, नामसिंह थापा, जयनारायण चौधरी, मगेन्द्र राई र वाईबी राई

खेलकुद मानव जीवनमा महत्त्वपूर्ण रहेको र खेलाडीहरू राष्ट्रका सद्भावनादूत रहेता पनि राज्य र समुदायद्वारा उनीहरूको योगदानको उचित मूल्यांकन गर्नमा कन्जुस्याइँ गरिँदै आएको अवस्थामा सोसाइटीले त्यस्ता ‘लिभिङ लिजेन्ड’को योगदानलाई स्मरण गर्दै अभिनन्दन गरिएको निवर्तमान अध्यक्ष मगेन्द्र राई बताउँछन्।

आगामी दिनमा पनि खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई यस किसिमको अभिनन्दन तथा सम्मान गरिने संस्थाले बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .