क्याथे प्यासिफिकले पुन: सुरु गर्‍यो हङकङ-रियाद सिधा उडान

क्याथे प्यासिफिकले पुन: सुरु गर्‍यो हङकङ-रियाद सिधा उडान

क्याथेले हङकङ-रियाद सिधा उडान पुनः सुरु गरेको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार ११:३२, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजले हङकङ र साउदी अरेबियाको राजधानी रियादबीचको सिधा यात्रुवाहक उडान पुनः सुरु गरेको छ। सोमबारको पहिलो उडानमा हङकङका वित्तीय सचिव पल चानले साउदी अरेबियाको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

क्याथेले यसअघि मार्च २०१७ मा रियादको लागि आफ्नो सेवा बन्द गरेको थियो। अब उडान पुन: सुरु गरेसँगै एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार गरी हप्तामा तीन उडान गर्ने गरी रुट पुनर्स्थापित गरेको हो।

हङकङ र बेल्ट एन्ड रोड इनिसिएटिभका देशहरूबीचको सम्पर्क, व्यापार र सांस्कृतिक आदानप्रदानलाई अभिवृद्धि गर्ने उद्देश्यले उडान पुनः सुरु गरिएको एयरवेजले जनाएको छ।

पुन: सुचारु भएको पहिलो उडानमा भाग लिएका वित्तीय सचिव चानले वित्तीय, प्रविधि र नवप्रवर्तन क्षेत्रका करिब १०० प्रतिनिधि सम्मिलित व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। भ्रमणका क्रममा उनीहरू ८औँ भावी लगानी योजना (एट्थ फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ)मा सहभागी हुनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .