राष्ट्रिय दिवसमा बढ्यो हङकङको व्यापार, रेस्टुरेन्टमा २० प्रतिशत वृद्धि

राष्ट्रिय दिवसमा बढ्यो हङकङको व्यापार, रेस्टुरेन्टमा २० प्रतिशत वृद्धि

राष्ट्रिय दिवसको पहिलो दिन रेस्टुरेन्ट क्षेत्रको व्यापारमा २० प्रतिशत वृद्धि भएको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
असोज १६, २०८१ बुधबार १३:५१, हङकङ

राष्ट्रिय दिवसमा बिदाको पहिलो दिन हङकङको व्यापारिक क्षेत्र मौलाएको छ। जसमा खाद्य क्षेत्रमा २० प्रतिशत वृद्धि भएको छ। यो क्षेत्रले ३० करोड हङकङ डलरको कारोबार गरेको हो।

बुधबार स्थानीय एक रोडियो कार्यक्रममा बोल्दै हङकङ फेडेरेसन अफ रेस्टुरेन्ट एन्ड रिलेटेड ट्रेडर्सका अध्यक्ष साइमन वोङले लोकप्रिय क्षेत्रका रेस्टुरेन्टबाट २० प्रतिशत राजस्व वृद्धि भएको बताएका हुन्।

‘यसले व्यापारमा सकारात्मक सुरुआतको संकेत गरेको छ,’ उनले भनेका छन्, ‘धेरै मानिसले हङकङको भ्रमण गर्दा पैदल यात्रुमा वृद्धि भएको छ भने स्थानीय भोजनालयमा उपस्थिति बढेको छ। जसले सहरको अर्थतन्त्रलाई बढवा दियो।’

यस्तै, क्याटरिङ चेन एलएच ग्रुपका अध्यक्ष सिमोन वोङले राष्ट्रिय दिवसमा गतवर्षको तुलनामा ५ देखि १० प्रतिशतले व्यापार वृद्धि भएको बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .