‘टाइम आउट’को उत्कृष्ट छिमेकी सूचीमा हङकङको काउलुन पनि

‘टाइम आउट’को उत्कृष्ट छिमेकी सूचीमा हङकङको काउलुन पनि

टाइम आउटको उत्कृष्ट छिमेकी सूची २०२४ मा काउलुन विश्वको ३३ नम्बरमा छ (तस्बिर : ट्रिपएड्भाइजर )


नेपालखबर
असोज १२, २०८१ शनिबार १४:५६, हङकङ

‘टाइम आउट’द्वारा प्रकाशित घुमघामका उचित गन्तव्य ‘विश्वका उत्कृष्ट छिमेकी’को सूचीमा हङकङको काउलुन सहर पनि अटाएको छ।

विश्व श्रेणीमा ३३ नम्बरमा रहेको काउलुन त्यस्तो ठाउँ हो जहाँ व्यस्त दैनिकीबाट उम्केर आफूलाई ताजगी महसुस गर्न सकिन्छ। यो कुनै समय काइटक विमानस्थलको एक क्षेत्र थियो। सन् १९९८ मा विमानस्थल अन्यत्र सरेपछि यो ठाउँले पछिल्लो समय सांस्कृतिक महत्त्व बोक्नुका साथै घुम्न र खान जाने शान्त ठाउँ बनेको छ।

यस ठाउँमा धेरै खानेकुरा पाउन सकिन्छ। थाई समुदायको बाक्लो उपस्थिति रहेको यहाँ टन्नै थाई भोजनालाय पनि छन्। यो प्रायःलाई थाहा भएकै कुरा हो कि, काउलुनलाई हङकङको ‘लिटिल थाइल्यान्ड’ भनेर चिनिन्छ।

यसबाहेक, धेरैको प्रिय चा-चान टेङ्सदेखि हटपट रेस्टुरेन्ट र ट्रेन्डी क्याफे यहाँका आकर्षण हुन्।

काउलुन ३३ नम्बरमा परेको छ

यसका साथै, हङकङकै ठूलो बहुउद्देश्यीय खेल स्थलको रूपमा विकास गरिएको काइटक स्पोर्ट्स पार्क पनि यहीँ छ। हालसालै उद्घाटन गरिएको एयरसाइड मलले पनि यहाँको सुन्दरता बढाएको छ।

‘टाइम आउट’को उत्कृष्ट सूचीमा एसियाभित्र काउलुनले मात्र उडान गरिरहेको छैन, अन्य सहर पनि सूचीमा परेका छन्।

एन्डोनेसियाको बालीस्थित पेरेनान एसियाका लागि तेस्रो स्थानमा छ। त्यसपछि दक्षिण कोरियाको सियोङ्सु-दोङ छ। अनि, जापानको टोकियोस्थित गाकुगेइडाइगाकु १५ नम्बरमा छ भने भियतनामको होचि मिन्ह सहरको थाओ डिन १६औँ नम्बरमा छ। त्यस्तै, थाइल्यान्डको बैंककस्थित एकामाइ २७ नम्बरमा हुँदा हङकङको काउलुन सहरले ३३ नम्बर सुरक्षित गरेको हो। यो सूचीमा सिंगापुरको ओचर्ड ३७औँ नम्बरमा छ।

अन्तिम स्थानमा अमेरिकाको समरभिल छ

वरीयता जसको जतिसुकै भए पनि यी छिमेकी सहरले घुमघामको लागि उचित गन्तव्य प्रदान गर्नेमा दुईमत छैन।

टाइम आउट डटकम’द्वारा प्रकाशित ‘कुलेस्ट इन द वल्र्ड फर २०२४’ मा विश्वका ३८ सहर अटाएका छन्। जसमा ३८औँ अर्थात् अन्तिम स्थानमा अमेरिकाको समरभिल हो भने पहिलो नम्बरको बाजी फ्रान्सको मार्सेलीले मारेको छ।

इन्डोनेसियाको बालीस्थित पेरेनान तेस्रो नम्बरमा परेको छ

सूचीको उत्कृष्ट दशका दुईदेखि नौ सहर क्रमशः मोरक्कोको कासाब्लान्का, इन्डोनेसियाको बाली, दक्षिण कोरियाको सिओल, अमेरिकाको पोर्टल्यान्ड, बेलायतको ब्रिस्टल, अस्ट्रेलियाको सिड्नी, पोर्चुगलको लिस्बन, ब्राजिलको रियो द जेनेरियो र अस्ट्रेलियाको मेलबर्न रहेका छन्।

एक समय उपेक्षामा परेका यी सहर पछिल्लो समय पुनर्जागरणको क्षणमा पुगेका छन्। अहिले यी गन्तव्य संसारका घुम्न जाने उत्कृष्ट गन्तव्य बनेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .