हङकङको मिड लेभल्स क्षेत्रमा रहेको एक अपमार्केट फ्ल्याटमा आइतबार आगलागी भएको छ।
कन्ड्युट रोडमा रहेको एलिगेन्ट टेरेस डेभलपमेन्टको टावर २ मा रहेको फ्ल्याटमा साँझ ५ बजेतिर आगलागी भएको हो।
आगलागी भएको फ्ल्याटमा एक जना बेहोस अवस्थामा फेला परेका थिए भने अन्य ५० जनालाई भवन बाहिर निकालिएको थियो। बेहोस व्यक्तिलाई उपचारार्थ वानचाइस्थित रुट्टोन्जी अस्पताल लगिएको छ। उनको अवस्था अज्ञात रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
फ्ल्याटमा लागेको आगो निभाउन दमकललाई करिब १५ मिनेट लागेको थियो।
768
Shares

प्रतिक्रिया