हङकङ : कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु

हङकङ : कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु

कार्यस्थलमै बेहोस भएका कामदारलाई पूर्वी अस्पताल लगिएको थियो (तस्बिर : विकिपिडिया)


नेपालखबर
असोज ३, २०८१ बिहिबार १३:१५, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो रनवे कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु भएको छ।

बिहीबार बिहान चेकलाप ककस्थित रनवेमा काम गरिरहेका कामदार बहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

बिहान करिब सवा ११ बजे ड्युटीमा रहेका बेला बेहोस बनेका उनलाई सहकर्मीहरूले देखी आपत्कालीन सेवामा खबर गरेका थिए।

घटनास्थल आइपुगेका प्यारामेडिकले सास फेरिरहेको बताएपछि सरकारी उडान सेवाले तुरुन्त हेलिकोप्टरमार्फत पूर्वी अस्पताल पठाएको थियो।

तर, अस्पतालको आकस्मिक सेवामा पुर्‍याइएका उनलाई त्यहीँ मृत घोषित गरिएको थियो।

अधिकारीहरूले मृत्युको कारणबारे अनुसन्धान भइरहेका जनाएका छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .