साउथ चाइना मर्निङ पोस्टका अनुसार शुक्रबार ६४ वर्षकी महिला निको भएर घर फर्किइन्।
यससँगै मकाउका सबै कोरोना संक्रमित उपचारपछि स्वस्थ भएर घर फर्किएका हुन्।
मकाउस्थित सार्वजनिक स्वास्थ्य विभागका निर्देशक लि चिन–इयन भन्छन्,‘अहिले मकाउमा कोही कोरोना संक्रमित छैनन्।’
मकाउमा जनवरी २२ मा पहिलो संक्रमित भेटिएका थिए। फेब्रुअरी ४ देखि मकाउमा कोरोनाबाट संक्रमित नभेटिएको बताइएको छ। कडा स्वास्थ्य सुरक्षा भएकाले कोरोना नसरेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
मकाउ नजिकै रहेको हङकङमा भने कोरोनाबाट संक्रमित १ सय ७ पुगिसकेका छन्। त्यहाँ २ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया