हङकङ-काठमाडौं उडान प्रभावित भएकाे छैन: निगम

हङकङ-काठमाडौं उडान प्रभावित भएकाे छैन: निगम

मगेन्द्र राई
फागुन २२, २०७६ बिहिबार १५:४६,

कोरोना भाइरस प्रकोपका बाबजुद नेपाल वायुसेवा निगमको हङकङ-काठमाडौं-हङकङ उडान नियमित सञ्चालन भइरहेको छ। हप्तामा तीन पटक उडान भर्ने निगमले तालिका अनुरुप नै उडान गरिरहेको कन्ट्री म्यानेजर नवराज उपाध्यायले नेपालखबरलाई जानकारी दिए।

नेपाल सरकारले हालै काेराेना संक्रमण भित्रिन र फैलिन नदिन आगामी मार्च १० बाट लागू हुनेगरी अनिश्चित कालका लागि चीन, हङकङ, मकाउ, कोरिया, जापान, ईरान, ईटली लगायतका विदेशीहरुलाई अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेकाे छ। याे निर्णयका कारण विदेशी यात्रीहरुको सङ्ख्या घट्ने अनुमान गरिएको छ।

तर हङकङ उडानमा अहिलेसम्म ८० प्रतिशत अकुपेन्सी भएको उपाध्यायले नेपालखबरलाई बताए। उनले भने  'अहिले अफ सिजन भए पनि कुल १५८ यात्री क्षमताको जहाजमा ८० प्रतिशत यात्रीहरु निगमकै उडानबाट यात्रा गरिरहेका छन्, जसमा अधिकांश यात्रीहरु नेपाली नै रहेका छन्।'

नेपाल जाने र आउनेको संख्या बराबर रहेको बताउँदै अहिलेसम्म उडान तालिकामा कुनै फेरबदल नभएको उनले बताए। नयाँ नियम लागू भए पछि उडान पूर्व विदेशी यात्रीहरुको भिसा र स्वस्थ प्रमाणपत्र भने चेकजाँच गरिने बताए।

पछिल्लो समयमा हङकङबाट नेपाल जाने यात्रीहरुले १४ दिने घरमै क्वारेन्टाईन गर्नुपर्ने नियम रहेको छ। तसर्थ नेपाल जाँदा कम्तीमा १४ दिन भन्दा बढी छुट्टि लिन जरुरी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .