हङकङ एक्सप्रेसको उडानमा सहयात्रीको नगद तथा सामान चोरेको आरोपमा एक जना पक्राउ

हङकङ एक्सप्रेसको उडानमा सहयात्रीको नगद तथा सामान चोरेको आरोपमा एक जना पक्राउ

सहयात्रीको नगद तथा सामान चोरी गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् (तस्बिर : फेसबुक/ज्याक वोङ)


नेपालखबर
भदौ १०, २०८१ सोमबार १३:३, हङकङ

हङकङ एक्सप्रेसको उडानमा रहेका एक चिनियाँ नागरिक सहयात्रीको हङकङ डलर ३ लाख ३० हजार बराबरको रोलेक्स घडी तथा नगद चोरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।

हङकङ प्रहरीले सोमबार जानकारी गराएअनुसार रोलेक्स घडी लगायत हङकङ डलर ५ हजार, अमेरिका डलर २ सय, २० युरो र १० लाख भियतनामी डङ लुटिएको रिपोर्ट पाएपछि आइतबार राति चेन उपनामका ५७ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको हो। चोरी भएका सामानमध्ये बैंक कार्ड समेत रहेको छ।

पीडित यात्रुले विमानस्थलका कर्मचारीलाई सामान हराएको रिपोर्ट गरेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यतिबेलासम्म विमानका सबै यात्रु र्‍याम्पबाट बस चढिसकेका थिए।

दा नाङबाट हङकङ उडान भरेको यू०५६१ आइतबार बिहान १२:२५ मा हङकङ अवतरण गरेको थियो। उक्त उडानका एक यात्रुले घटनाका बारेमा आफ्नो फेसबुकमा भिडिओ क्लिप तथा तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘सबै यात्रु ओर्लिए र बसमा चढे। चालकले एक्कासी कुनै स्पष्टीकरणविना ढोकामा ताल्चा लगाए र हामीलाई झन्डै एक घण्टा भित्रै राखे।’

‘एयर कन्डिसनर ब्लास्ट भइरहेको थियो। यो धेरै चिसो थियो, हामीले ढोका ढक्ढक्यायौँ तर कसैले जवाफ दिएन,’ उनको थप कथन छ।

उनले भनेका छन्– प्रहरीहरू आइपुगेपछि एक उडान परिचर तल आए र पाँच मुख्यभूमि यात्रुलाई पुनः विमानमा फिर्ता लगियो। किनकि एक महिला यात्रुले आफ्नो सामान हराएको दाबी गरेकी थिइन्। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .