हङकङका ब्याडमिन्टन जोडी चे यिङ र जोर्डन ताङले आइतबार जापान ओपनको मिक्स डबल्समा रजत जितेका छन्।
ओलम्पिकको लगभग तीन साता ब्रेकपछि आज योकोहामामा भएको सुपर ७५० जापान ओपनमा भाग लिएका जोडी चिनियाँ टोलीसँगको खेलमा रजत हात पारेका हुन्।
विश्व वरियतामा चौथो स्थानमा परेका हङकङका यी जोडीलाई हराउँदै चीनका जियाङ जेनबाङ र वेइ याक्सिन फाइनलमा प्रवेश गरेका छन्।
दश महिनाअघिको फ्रेन्च ओपनमा पनि हङकङका यी जोडीले रजत पदका जितेका थिए। (एजेन्सी)
24
Shares
प्रतिक्रिया