सन् २००७ मा बेइजिङले हङकङलाई उपहार दिएका दुई ठूला पान्डा यिङयिङ र लेलेको जोडीले जुम्ल्याहा बच्चालाई जन्म दिएका छन्।
करिब पाँच महिनाको गर्भधारणपछि बिहीबार ओसन पार्कमा यिङयिङले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। शुक्रबार उनको १९औँ जन्मदिन हो।
झन्डै पाँच घण्टाको प्रसवपश्चात् बिहान २:०५ मा एक र ३:२७ मा अर्को बच्चा सुरक्षित रूपमा जन्मिएका थिए।
जुम्ल्याहामध्ये पहिले जन्मिएको पोथी पान्डाको तौल १२२ ग्राम र भाले पान्डाको तौल ११२ ग्राम रहेको छ।
दुईमध्ये पहिले जन्मिएको पोथी पान्डाको शरीरको तापक्रम कम हुनुका साथै खानामा रुचि पनि कम देखाएको पार्क व्यवस्थापनले जानकारी दिएको छ।
ओसन पार्कको पशु हेरचाह तथा भेटेरीनरी टोलीका साथै चाइना कन्जर्भेसन एन्ड रिसर्च सेन्टरका विशेषज्ञहरूको निगरानीमा दुवै बच्चालाई सघन हेरचाहमा राखिएको छ।
यसअघि पनि सन् २०२० मा यिङयिङ गर्भवती भएकी थिइन्। तर, यतिबेला उनको गर्भ खेर गएको थियो।
Shares
प्रतिक्रिया