क्यासिनोमा २५ लाख डलर जितेका हङकङका व्यक्ति मकाउको होटलमा मृत फेला, २ जना पक्राउ

क्यासिनोमा २५ लाख डलर जितेका हङकङका व्यक्ति मकाउको होटलमा मृत फेला, २ जना पक्राउ

नेपालखबर
साउन २४, २०८१ बिहिबार १८:९, हङकङ

क्यासिनोमा मोटो रकम जितेका हङकङका एक व्यक्ति मकाउस्थित कोताइ होटलको एक कोठामा मृत फेला परेको मकाउ प्रहरीले जनाएको छ।

बुधबार अपरान्ह ४ बजेतिर होटलका कर्मचारीले उक्त व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए।

उनको घाँटी र टाउकोमा गहिरो चोट थियो भने बाथरुममा ठूलो मात्रामा रगत भटिएको थियो।

कोठामा ६/६ सेन्टिमिटरका दुई वटा चक्कु पनि भटिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्ति कम्तीमा ६ महिनादेखि ‘मनी एक्सचेन्ज गिरोह’मा संलग्न रहेको खुलेको छ। मृत्यु हुनुअघि उनले क्यासिनोमा २५ लाख हङकङ डलर जितेको पनि खुल्न आएको छ।

घटना थाहा पाएको एक घण्टाभित्र प्रहरीले हङकङकी एक महिला र मुख्यभूमिका एक पुरुषलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूको साथबाट १७ लाख हङकङ डलर लगायत अन्य सामग्री समेत बरामद भएको छ।

याङ उपनामका ४० वर्षीय मुख्यभूमिका पुरुषले पीडितलाई लुट्ने प्रयासमा हत्या गरेको आशंका प्रहरीको छ।

त्यस्तै, ताङ उपनामकी ४८ वर्षीया हङकङकी महिलालाई अपराध कर्मबाट आर्जन गरेको धन स्थानान्तरण गर्न सहयोग गरेको आरोप लागेको छ।

दुवै जना मकाउमा मनि एक्सचेन्जको अवैधमा व्यवसायमा संलग्न रहेको आरोप लागेको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .