सोमबार दिउँसो राजमार्गमा रोकिएको लरीमा डेलिभरी भ्यान ठोकिँदा भ्यान चालकको मृत्यु भएको छ।
दिउँसो करिब सवा २ बजे टोलो राजमार्गको सातिन बाउन्ड लेनमा लरीको पछाडि डेलिभरी भ्यान ठोकिएको प्रहरीले जनाएको हो।
अनलाइनमा पोस्ट गरिएका भिडिओमा भ्यान लरीको पछाडि ठोकिएको देखिन्छ, जतिबेला लरी राजमार्गको ‘स्लो लेन’मा रोकिएको थियो।
प्रहरीले दिएको जानकारीअनुसार ५९ वर्षीय भ्यान चालक गाडीको पाङ्ग्रामा अड्किएका थिए।
बेहोस अवस्थामा उद्धार गरिएका उनलाई प्रिन्स अफ वेल्स अस्पताल लगिएको थियो, जहाँ उनलाई दिउँसो ३ बजे मृत घोषित गरियो।
घटनामा ६६ वर्षीय लरी चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ। (एससीएमपी)
66
Shares
प्रतिक्रिया