हङकङमा पसल चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ, ७ लाख डलरको सामान बरामद

हङकङमा पसल चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ, ७ लाख डलरको सामान बरामद

चिमसा चोइमा रहेको चिनियाँ औषधि पसलमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ (ह्यान्डआउट)


नेपालखबर
साउन ७, २०८१ सोमबार १३:४३, हङकङ

हङकङको चिमसा चोइमा रहेको एक पसलबाट सामान चोरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले सामानसहित पक्राउ गरेको छ।

भर्खर-भर्खर मात्रै खोलिएको उक्त पसलबाट उनीहरूले चोरी गरेको ७ लाख हङकङ डलर बराबरको चिनियाँ औषधि र सुकेका सुमद्री खाना समेत बरामद गरिएको हो।

हान्को रोडमा रहेको उक्त पसलमा उनीहरू सोमबार बिहान पौने ६ बजेतिर छिरेका थिए। यसपछि भुइँ तलामा रहेको सुरक्षा युनिटको अलार्म बजेपछि सेक्युरिटी कम्पनीले पसल मालिकका साथै प्रहरीलाई खबर गरेको थियो।

खबर पाएपछि पसल मालिकले मोबाइल एपको प्रयोग गरी सीसीटीभी क्यामेरा जाँच गर्ने क्रममा दुई जनालाई पसलभित्र यताउता हिँडिरहेको देखेका थिए।

‘उनीहरू पसलभित्र फुर्सदका साथ हिँडिरहेका थिए,’ सीसीटीभीबाट देखिएको दृश्यबारे पसल मालिक भन्छन्, ‘जस्तो कि उनीहरू कुनै सुपरमार्केटमा किनमेल गरिरहेका छन्।’

सामान चोरिएपछि खाली भएका भाँडा (ह्यान्डआउट)

यता, सेक्युरिटी कम्पनीको खबर पाएलगत्तै प्रहरी पनि घटनास्थलतर्फ लागेको थियो। तर, प्रहरी त्यहाँ पुग्नुअगावै चोरहरू भागिसकेका थिए।

यसपछि प्रहरीले उनीहरू भाग्नसक्ने सम्भावित क्षेत्रतर्फ खोजीकार्य सुरु गरेको थियो। प्रहरीको निशाना सही ठाउँमै पर्‍यो। उनीहरू पसलबाट १०० मिटरको दूरीभित्रै पक्राउ परे।

सामानसहित पक्राउ परेका ५९ र ६१ वर्षका ती व्यक्तिलाई प्रहरीले चोरी तथा घुसपैठको आरोपमा हिरासतमा राखिएको जनाएको छ।

हङकङको कानुनअनुसार यस्तो अपराधमा १४ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .