हङकङ : जस्ताको घरमा आगलागी, एक जनाको गयो ज्यान

हङकङ : जस्ताको घरमा आगलागी, एक जनाको गयो ज्यान

घटनास्थलमा दमकलसहित अग्निनियन्त्रक टोली र इन्सेटमा आगलागी भएको घर (द स्ट्यान्डर्ड)


नेपालखबर
असार १७, २०८१ सोमबार १७:४३, हङकङ

हङकङको चिनसुइ वाइस्थित तुङचाउ चिनमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ। सोमबार दिउँसो जस्तापाताको छाना भएको उक्त घरमा आगलगानी हुँदा ६० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो करिब १ बजे आगलागीको खबर पाएको प्रहरीलाई आगो निभाउन झण्डै आधा घण्टा लागेको थियो।

श्वासप्रश्वास उपकरण र दमकलसहित घटनास्थल पुगेको अग्निनियन्त्रकको टोलीले साढे १ बजे आगो नियन्त्रणमा लिएको थियो। आगलागी भएको उक्त घरभित्र टोलीले एक जनाको शव फेला पारेको प्रहरीलाई उद्धृत गर्दै द स्ट्यान्डर्डमा उल्लेख छ।

जस्तापाताको छाना भएको भएको उक्त घरमा एक जोडी श्रीमान्-श्रीमती बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जस्तापाताको छाना आगोले जलेर कालो देखिएको छ

उनीहरू विगत आठ वर्षदेखि त्यस घरमा बस्दै आएको पीडितकी श्रीमतीले बताएकी छन्। उनीहरूले मासिक ४ हजार हङकङ डलर भाडा तिर्दै आएका थिए।

उनले प्रहरीलाई गराएको जानकारीअनुसार बिहान ११ बजेतिर उनी चुनमुनमा किनमेल गर्न गएकी थिइन्।

तीन साताअघि दुर्घटनामा परी नाडी र ढाडको दाहिने भागमा चोट लागेका उनका श्रीमान् घरमै आराम गरिरहेका थिए।

पंखा र एयर कन्डिसनर एकै पटक सुचारु भएकोले सर्ट सर्किटका कारण आगलागी भएको उनले प्रहरीलाई बताएकी छन्।

उनका श्रीमान्‌लाई पहिले स्ट्रोक समेत भएको थियो। घटनापछि चिनहेङ स्टेटमा बस्ने उनकी जेठी छोरी पनि घटनास्थल पुगेकी थिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .