हङकङ : हाङहाउ उत्तरतर्फ गइरहेको केएमबी बसलाई ट्रकले दियो ठक्कर

हङकङ : हाङहाउ उत्तरतर्फ गइरहेको केएमबी बसलाई ट्रकले दियो ठक्कर

ट्रकले बसको पछाडिको भागमा ठक्कर दिएको थियो (ह्यान्डआउट)


नेपालखबर
असार ११, २०८१ मंगलबार ११:४२, हङकङ

मंगलबार बिहान हङकङको हाङहाउ उत्तरतर्फ जाँदै गरेको काउलुन मोटर बस (केएमबी)लाई सानपो कङमा ट्रकले ठक्कर दिएको छ।

दुर्घटनाका कारण यात्रुबाहक बसको दाहिने छेउका झ्यालहरू चकनाचुर भई सिटमा छरपस्ट भएका थिए।

दुर्घटनालाई पुष्टि गर्दै केएमबीले रुट ९८सी बस दुर्घटनामा परेको जनाएको छ। साथै, बसका कुनै पनि यात्रु घाइते नभएको पनि कम्पनीले स्पष्ट पारेको छ।

यता बसलाई ठक्कर दिने ट्रकका चालक भने सामान्य घाइते भएका छन्। उनलाई उपचारार्थ अस्पताल लगिएको छ।

क्वुन तोङतर्फ जाँदै गरेको ट्रक मिकीकी सपिङ सेन्टर नजिकै पुग्दा नियन्त्रण गुमाएर फलामको बारमा ठाेकिँदै बसलाई धक्का दिन पुगेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .