चीन, थाइल्यान्ड र ताइवानबाट आई हङकङका सडकमा यौन व्यापार, ११४ जना पक्राउ

चीन, थाइल्यान्ड र ताइवानबाट आई हङकङका सडकमा यौन व्यापार, ११४ जना पक्राउ

अभियुक्तहरूको साथबाट प्रहरीले यौनधन्दामा प्रयोग गरिने विभिन्न सामग्री बरामद गरेको छ (ह्यान्डआउट)


नेपालखबर
असार १०, २०८१ सोमबार १८:१४, हङकङ

हङकङ प्रहरीले मुख्यभूमि चीन, थाइल्यान्ड र ताइवानका १०४ जना यौनकार्यमा संलग्न महिलालाई पक्राउ गरेको छ।

प्रहरीले याउमा तेइमा गरेको सडकस्तरका यौनकर्मीविरुद्धको कारवाहीमा उनीहरूसहित ११४ जनालाई पक्राउ गरेको हो।

अध्यागमन विभागका अधिकारीसँग मिलेर प्रहरीले २७-३१ मे र ११-२२ जुन गरी दुई चरणमा गरेको अपरेसनका क्रममा ४ पुरुष र ११० जना महिला पक्राउ परेका हुन्।

यीमध्ये १० जना हङकङका बासिन्दा हुन् भने ९० जना मुख्यभूमि चीन, १३ थाइल्यान्ड र एक जना ताइवानका महिला रहेको काउलुन वेस्ट क्राइम युनिटका प्रमुख इन्स्पेक्टर लाम युनले सोमबार जानकारी दिइन्।

उनीहरू पक्राउ परेसँगै करिब एक महिनादेखि सञ्चालनमा रहेको यौनधन्दा ध्वस्त भएको लामको कथन छ।

पक्राउ परेका पुरुषहरूले महिला यौनकर्मी र ग्राहकबीच बिचौलियाको काम गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘बिचौलियाले यौनकर्मीहरूलाई कन्डम, लुब्रिकेन्ट, माउथवास, डिस्पोजेबल तौलिया आदि उपलब्ध गराउने गरेको पाइयो,’ प्रमुख इन्स्पेक्टर लामलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘बदलामा यौनकर्मीले उनीहरूलाई सेवाशुल्क र कोठाभाडाबापतको शुल्क तिर्नुपर्थ्यो।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .