हङकङमा गएराति बिजुली जाँदा यी भवन ४ घण्टा अन्धकार, २२५० घरधुरी प्रभावित

हङकङमा गएराति बिजुली जाँदा यी भवन ४ घण्टा अन्धकार, २२५० घरधुरी प्रभावित

जिल्लाका कतिपय‍ आवासीय भवनमा बिजुली काटिँदा अन्धकार छ (सबै तस्बिर : ह्यान्डआउट)


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ११:४३, हङकङ

बाक्लो बस्ती रहेको हङकङको वङताइ सिन जिल्लामा हिजो राति विद्युत् आपूर्ति अवरुद्ध हुँदा कतिपय क्षेत्रमा ४ घण्टा अन्धकार भएको छ।

बिजुली काटिएपछि यहाँका दुई हजार दुई सय ५० घरधुरी प्रत्यक्ष प्रभावित बने। त्यस्तै, कम्तीमा चार जना लिफ्ट फसको रिपोर्ट प्रहरीले प्राप्त गरेको थियो।

जिल्लाको ११ केभीको केबल बिग्रिएर बेलुका ८ बजे उक्त क्षेत्रमा सेवा अवरुद्ध भएको विद्युत् कम्पनी सीएलपी पावरले जनाएको छ।

बिजुली गएपछि कम्पनीले तत्काल आपत्‌कालीन मर्मतका लागि इन्जिनियरहरू पठाएको थियो।

सीएलपीले इन्जिनियरहरूलाई आपत्‌कालीन मर्मतका लागि पठाएको थियो

बुधबार राति विज्ञप्ति जारी गर्दै कम्पनीले प्रभावित सहरवासीसँग माफी माग्नुका साथै मर्मतको हरसम्भव प्रयास गरिरहेको र मध्यरातसम्म विद्युत् आपूर्ति सुचारु हुन सक्ने आश्वासन दिएको थियो।

यसपछि राति करिब सवा १२ बजे विद्युत् आपूर्ति सुचारु भएको कम्पनीले बताएको थियो।

बिजुली अवरुद्धको प्रत्यक्ष मारमा लङक्वोङ हाउस, लोअर वङ ताइसिन स्टेट, मेइतङ स्टेटको मेइतक हाउस, प्राइभेट लायन्स राइज डेभलपमेन्ट लगयात परेका थिए।

बिजुलीविहीन वङताइ सिन सपिङ सेन्टर

विद्युत् अवरुद्धप्रति सहरको वातावरण तथा इकोलोजी ब्युुरोले चिन्ता व्यक्त गरेको छ।

‘आज राति वङताइ सिनमा भएको विद्युतीय घटनाको बारेमा सरकार धेरै चिन्तित छ,’ ब्युरोलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘जसले गर्दा केही भवनमा विद्युत् आपूर्ति अवरुद्ध भयो। बासिन्दाहरू लिफ्टमा फँसे। अहिलेको तातो मौसममा यो निकै असहज हुन सक्छ।’

अब्जर्भेटरीको मापनअनुसार हिजो राति हङकङको तापक्रम २९ डिग्री सेल्सियस वरपर थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .