हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले तिर्ने सुरक्षा शुल्कमा अर्को वर्षदेखि १० हङकङ डलर थपिने भएको छ।
विमानस्थल प्राधिकरणले मंगलबार घोषणा गरेअनुसार सन् २०२५ को जनवरदेखि अब यात्रुले ६५ हङकङ डलर तिर्नुपर्नेछ। अहिले यो ५५ डलर छ।
यसअघि पछिल्लो पटक सन् २०२१ मा हङकङ डलर ५० बाट ५५ बनाइएको थियो।
प्राधिकरणका अनुसार, १ जनवरी २०२५ अघि जारी गरिएका टिकटमा बढेको शुल्क लागू हुने छैन।
यदि त्यस्ता टिकट जनवरी वा पछिको मितिका लागि काटिएको भए पनि १ जनवरीभन्दा अगाडि खरिद गरिएको टिकटमा समायोजन शुल्क नगाभिने भएको हो।
प्राधिकरणले वृद्धि भएको शुल्क विमानस्थलको सुरक्षा लगायतमा खर्च गर्ने बताएको द स्ट्यान्डर्ड जनाएको छ।
69
Shares
प्रतिक्रिया