श्रम दिवसको छुट्टीमा हङकङवासीलाई आँधी र वर्षाको स्वागत, भोलि पनि चट्याङसहित वर्षाको सम्भावना

श्रम दिवसको छुट्टीमा हङकङवासीलाई आँधी र वर्षाको स्वागत, भोलि पनि चट्याङसहित वर्षाको सम्भावना

हङकङमा बुधबार बिहान ५० एमएमभन्दा बढी वर्षा रेकर्ड भएको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
बैशाख १९, २०८१ बुधबार १२:४७, हङकङ

हङकङमा अम्बर वर्षाको चेतावनी रद्द भए पनि चट्याङको चेतावनी भने जारी रहेको छ। दिउँसो मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको अब्जर्भेटरीले जनाएको छ।

अब्जर्भेटरीका अनुसार न्यून चापीय रेखाका कारण ग्वाङजोङ लगायतका क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

आज बिहान धेरै ठाउँमा ३० एमएम वर्षा रेकर्ड भएको छ भने साइकुङमा ५० एमएमभन्दा बढीको रेकर्ड भएको छ।

यसका साथै, पूर्वी वायुको प्रभाव पूर्वी ग्वाङजोङको तटमा राति पर्नेछ भने भोलि (बिहीबार) केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।

चट्याङको चेतावनी पहिलो पटक मंगलबार साँझ सवा सातमा जारी गरिएको थियो। यो चेतावनी बुधबार दिउँसो १ बजेसम्म जारी थियो।

चेतावनीसँगै अब्जर्भेटरीले नागरिकलाई घर बाहिर बस्दा सुरक्षित आश्रय खोज्न, खुला स्थानमा पौडी खेल्न नजान सुझाव दियो।

साथै, मैदानमा नउभिन, अत्यधिक प्रवाहका वस्तुसँग जोगिन र रुख लगायतका ढल्नसक्ने चिजबाट टाढा रहन सुझाएको थियो।

एम्बर वर्षाको चेतावनी आज बिहन रद्द गरिएको थियो।

एक घण्टामा ३० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई हङकङमा एम्बर वर्षा भनिन्छ। एम्बर वर्षाको चेतावनी जारी गर्नु भनेको भारी वर्षाले निम्त्याउने खतराबाट सावधान रहन सचेत गराइनु हो।

खराब मौसमका कारण ‘गोल्डेन विक’ समेत प्रभावित हुने देखिएको छ।

हङकङले श्रम दिवसको बिदाका अवसरमा कम्तीमा आठ लाख चिनियाँ आगन्तुकलाई स्वागत गर्ने अपेक्षा गरेको थियो।

यसैगरी मकाउमा पनि म‌ंगलबार बेलुकादेखि परेको भारी वर्षा बुधबार रोकिए पनि दिउँसोसम्मको मौसम धुम्म नै छ।

-एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .