हङकङको निर्माण क्षेत्रमा ३ जनाको मृत्यु प्रकरण : तत्कालीन प्रबन्धक पक्राउ, हत्याको आरोप लाग्न सक्ने

हङकङको निर्माण क्षेत्रमा ३ जनाको मृत्यु प्रकरण : तत्कालीन प्रबन्धक पक्राउ, हत्याको आरोप लाग्न सक्ने

पक्राउ परेका व्यक्तिलाई हत्याको आरोप लाग्ने सक्ने स्रोतले बताएको छ (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
बैशाख १८, २०८१ मंगलबार ११:१७, हङकङ

दुई वर्षअघि हङकङको एक निर्माणस्थलमा टावर क्रेन भत्किँदा तीन कामदारको मृत्यु र ६ जना घाइते भएको घटना फेरि एक पटक सतहमा आएको छ।

यसको कारण हो- मंगलबार बिहान एक व्यक्ति पक्राउ पर्नु।

आज बिहान काउलुन बेबाट पक्राउ परेका उक्त व्यक्ति घटनाको समयमा एग्रेसिभ कन्स्ट्रक्सन कम्पनीको परियोजना प्रबन्धक रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

एग्रेसिभ कन्स्ट्रक्सन कम्पनीअन्तर्गत साउमाउ पिङको एन्डरसन रोडमा रहेको हाउजिङ सोसाइटी निर्माण क्षेत्रमा सेप्टेम्बर २०२२ मा ६५ टनको टावर क्रेन खस्दा तीन कामदारको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए।

पक्राउ परेका व्यक्ति दुर्घटनाको समयमा उक्त निर्माण क्षेत्रको इन्चार्ज रहेको भन्नेबाहेक प्रहरीले अन्य जानकारी खुलाएको छैन।

यद्यपि, उनी हाल हिरासतमा रहेको र उनलाई हत्याको आरोप लाग्न सक्ने गोप्य सूत्रबाट जानकारी पाएको पोस्टले जनाएको छ।

एग्रेसिभ कन्स्ट्रक्सन कम्पनीले सेककिप मेइ, ताइपो, चुनमुन र तुङचुङ गरी चार ठाउँमा सार्वजनिक आवास परियोजना सञ्चालन गरिरहेको छ। यी क्षेत्रबाट सन् २०२५ सम्ममा लगभग १४ हजार फ्ल्याट निर्माण गर्ने कम्पनीको लक्ष्य छ।

यसै कम्पनीको भातृ संस्था एग्रेसिभ कन्स्ट्रक्सन इन्जिनियरिङलाई पनि गतवर्ष भवन विभागले लाइसेन्स नवीकरण गर्न अस्वीकार गरेको थियो।

याउ तोङस्थित चुनयुन स्ट्रिटमा रहेको यस भातृ संस्थाको निर्माण क्षेत्रमा डिसेम्बर २०२२ मा स्टिलको बिम खस्दा ५५ वर्षीय कामदारको मृत्यु भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .