३५ सय यात्रु चढेको जापानी पानीजहाजमा कोरोनाभाइरस देखिएपछि उक्त पानीजहाजलाई नै क्वारेन्टाइन बनाएर संक्रमितको उपचार भइरहेको छ। अन्य यात्रुलाई पनि तल झर्न दिइएको छैन।
यसबीचमा अमेरिकाले आफ्ना ४ सय नागरिक उक्त पानीजहाजबाट उद्धार गरेको छ। जसमध्ये ४० जनामा कोरोना संक्रमण देखिएको छ।
अमेरिकाले आफ्ना नागरिक उद्धार गरेपछि हङकङले पनि सोमबार नै आफ्ना ३५० नागरिक उक्त पानीजहाजबाट उद्धार गर्ने एससीएमपीले जनाएको छ।
त्यसका लागि दुईवटा क्याथे प्यासिफिक विमान सोमबार जापान जाँदैछन्।
जापानबाट उद्धार गरेर फर्काइने सबै नागरिकलाई १४ दिनसम्म सरकारले क्वारेन्टाइनमा राख्ने बताइएको छ।
प्रतिक्रिया