हङकङका लागि उडेको जहाज जब प्राविधिक समस्याका कारण बैंकक नै फर्कियो

हङकङका लागि उडेको जहाज जब प्राविधिक समस्याका कारण बैंकक नै फर्कियो

ल्यान्डिङ गियरमा समस्या देखिएपछि हङकङका लागि उडेको विमान बैंकक नै फर्कियो (फाइल तस्बिर : आलमी)


नेपालखबर
चैत १८, २०८० आइतबार १३:३, हङकङ

थाइल्यान्डबाट हङकङका लागि उडेको हङकङ एयरलाइन्सको उडान HX780 मा ल्यान्डिङ गियरमा समस्या देखिएपछि पुनः उतै फर्किएको छ।

आइतबार बिहान २.०४ बजे बैंककबाट टेकअफ भएको केही समयपछि ल्यान्डिङ गियर ‘रिट्र्याक्ट’ असफल भएपछि चालक दलले बैंकक नै फर्कने निर्णय लिएको थियो।

उडान स्ट्यान्डर्डअनुसार विमानलाई बैंककको सुवर्णभूमि विमानस्थलमा अवतरण गरिएको थियो। अवतरण गर्नुअघि विमानले आकाशमा फन्को मारेको थियो।

डिमसम दैनिक लेख्छ- अवतरणपश्चात् मर्मत कर्मचारीले एक सेटको टायरमा तरल पदार्थ ‘लिक’ भएको पत्ता लगाएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .