उडिरहेको विमानभित्र बेहोस नेपाली यात्रुको मृत्यु

उडिरहेको विमानभित्र बेहोस नेपाली यात्रुको मृत्यु

मगेन्द्र राई
फागुन ३, २०७६ शनिबार १:५८,

हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उड्दै गर्दा आकाशमै अचानक बेहोस भएका खोटाङका डिकप्रसाद राईको मृत्यु भएको छ।

नेपाल वायुसेवाको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा मस्तिष्काघात भएर बेहोस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

हङकङको प्रिन्स मार्गरेट अस्पतालको सघन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे मृत्यु भएको उनका आफन्तसमेत रहेका किरात राई यायोख्खा हङकङका भूतपूर्व अध्यक्ष रजिन राईले नेपालखबरलाई बताए।

८० प्रतिशत मस्तिष्क नष्ट भई मस्तिष्कमा रगत जमेकाले उनलाई बचाउन नसकएिको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै रजिन राईले बताए।

आफन्त राईका अनुसार मृतकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दाहसंस्कार गर्नेछ।

prinsa hospital

यलुङ्छा परिवारका डिकप्रसाद, राई यलुङ्छा परिवारका सदस्य पनि थिए। परिवारका अध्यक्ष जयराम राईले मृतकको सबै परिवार नेपालमै भएकाले हङकङमा उनको अन्त्येष्टि यलुङ्छा परिवारले गर्नेछ।

नेपाली राहदानीवाहक डिकप्रसाद लामो समयदेखि हङकङको युनलोङमा बसिरहेका थिए। उनी गत मंगलबार हङकङबाट काठमाडौं जाने क्रममा विमानमा उडिरहेका बेला बेहोस भएका थिए।

हङकङबाट करिब डेढ घण्टा उडिसकेको विमान राई डिकप्रसाद बेहोस भएपछि हङकङमै फर्काएर आकस्मिक अवतरण गरी उनलाई अस्पताल लगिएको थियो।

कतिपयले अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणले यस्तो भएको को कि भन्ने आशंका गरे पनि त्यो गलत साबित भएको छ।

उनको मृत्यु र कोरोना भाइरसबीच कुनै सम्बन्ध नरहेको रजिन राईले बताए। डिकराजको उपचारका क्रममा रजिन डाक्टरसँग नियमित सम्पर्कमा थिए।

याे पनि : 

विमानमै बेहोस भएर हङकङ फर्काइएका राईको कृतिम श्वासप्रश्वास दिएर उपचार हुँदै

विमानमा नेपाली यात्रु बेहाेस भएपछि हङकङमा आकस्मिक अवतरण

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .