५० वर्षअघि नै यस्तो थियो हङकङको विकास मोडल

५० वर्षअघि नै यस्तो थियो हङकङको विकास मोडल

चिङयीलाई पिलर आइल्यान्ड र न्यु टेरिटोरिजसँग जोड्ने यस पुल सन् १९७४ मा बनेको थियो (एससीएमपी)


नेपालखबर
फागुन २५, २०८० शुक्रबार १८:३, हङकङ

सन् १९७४ मा हङकङका तत्कालीन गभर्नर मुर्रे म्याकलेहोस चिङयी पुलको औपचारिक उद्घाटन गरेका थिए।

यो पुलले चिङयीलाई पिलर आइल्यान्ड र न्यु टेरिटोरिजसँग जोड्ने हुँदा विशेष चासोका साथ हेरिएको थियो।

यो पुल सरकारी र निजी क्षेत्रको संयुक्त परियोजनाको रूपमा सम्पन्न भएको थियो।

चिङयी पुलको सन्दर्भमा १९ मे १९७१ मा  साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)मा गरिएको रिपोर्टिङको सारांश यस्तो थियो–

एउटा पुलले चिङयी आइल्यान्डलाई सन् १९७४ सम्ममा मुख्यभूमिसँग जोड्नेछ।

यो परियोजना सम्पन्न गर्नका लागि चाइना लाइट एन्ड पावर, मोबिल आयल हङकङ, एसो स्ट्यान्डर्ड आयल (हङकङ), गल्फ हङकङ इन्कर्पोरेटेड र हङकङ सिमेन्ट म्यानुफ्याक्चरिङ एन्ड इन्टरनेसनल कन्टेनर्स गरी ६ वटा कम्पनीले सहकार्य गरी चिङयी ब्रिज कम्पनी स्थापना गरेका छन्। यस ठूलो आयोजनामा यी कम्पनीले एक करोड ८० लाख डलर लगानी गर्नेछन्।

सरकारले यो परियोजनाका लागि ७५ लाख डलर अनुमानित रकम स्वीकृत गरिसकेको छ। पिलर आइल्यान्ड र न्यु टेरिटोरिजसँग जोड्ने यो पुल दुई हजार फिट लामो हुनेछ।

हिजो एक पत्रकार सम्मेलनमा सरकारका तर्फबाट डेपुटी कोलोनियल सचिव एमडीए क्लिन्टन र ब्रिज कम्पनीका तर्फबाट अध्यक्ष लरेन्स कडुरीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

२८ फेब्रुअरी १९७४। हङकङका तत्कालीन गभर्नर मुर्रे म्याकलेहोस चिङयी ब्रिजको उद्घाटनका क्रममा (एससीएमपी)

सरकार र निजी उद्योगबीचको पहिलो संयुक्त आयोजनाको निर्माण कार्य आगामी सेप्टेम्बरमा सुरु हुनेछ। पुलमा पाँच फिट चौडा फुटपाथसहित दुई लेनको सडक बनाइनेछ। बिजुलीका तार र दुईवटा तेल पाइपलाइनको व्यवस्थापनका लागि पुलमुनि बक्स खण्ड निर्माण गरिनेछ।

यो पुल टाइफुन र छालको प्रभावलाई सामना गर्न सक्षम हुने खालको बनाइनेछ। ६० फिटको क्लियरेन्स बनाइने हुँदा र्‍याम्बल च्यानल प्रयोग गर्ने जहाजलाई असर गर्दैन।

यसैगरी १ मार्च १९७४ को एससीएमपीकै अर्को एक रिपोर्टमा लेखिएको थियो-

दुई करोड १० लाख डलरमा चिङयी ब्रिज बन्ने गभर्नर मुर्रे म्याकलेहोसले हिजो जानकारी दिए।

उक्त अवसरमा गभर्नर म्याकलेहोसले सहरका टापुहरूको एकबाट अर्कोमा पहुँच विस्तार गर्न थप पुल पनि निर्माण गरिनुपर्नेमा जोड दिँदै हङकङको विकासका लागि थप सरकारी–निजी परियोजनाका लागि आह्वान गरे।

समारोहमा उच्च व्यापारी र सरकारी अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .