सम्पत्ति प्रतिबन्ध हटेपछि हङकङमा घर किन्ने बढे, १३८ इकाइ ४ घण्टामै बिक्री

सम्पत्ति प्रतिबन्ध हटेपछि हङकङमा घर किन्ने बढे, १३८ इकाइ ४ घण्टामै बिक्री

चिमसा चोइको बिक्री कार्यालयअगाडि लाइनमा खरिदकर्ता (एससीएमपी)


नेपालखबर
फागुन २०, २०८० आइतबार १४:५४, हङकङ

सरकारले बजेटमा सबै सम्पत्ति प्रतिबन्ध हटाएपछि हङकङमा घर खरिद गर्नेहरू बढेका छन्।

आइतबार हेन्डरसन ल्यान्ड डेभलपमेन्टका नयाँ परियोजना बिक्रीमा उक्त परिस्थिति देखिएको हो।

कम्पनीले चेउङ सा वानको बेल्ग्राभिया प्लेसमा आइतबार बिक्री खुलाएको १३८ इकाइ लन्च भएको चार घण्टाभित्रै खरिद भएका हुन्।

कम्पनी स्रोतका अनुसार सयौँ खरिदकर्ता चिमसा चोइको बिक्री कार्यालयमा बिहान १० बजेअघि नै आइपुगेका थिए।

तिनीहरूमध्ये एक खरिदकर्ताले २ करोड ५८ लाख हङकङ डलरमा चार इकाइ किने।

कम्पनीका अनुसार बिक्रीका लागि राखिएका १३८ इकाइमा स्टुडियोदेखि तीन बेडरुमका फ्ल्याट समावेश छन्।

यसको क्षेत्रफल चार सय ९९ देखि चार सय ५७ वर्गफुटसम्म छ भने मूल्य ३२ लाखदेखि ७५ लाख हङकङ डलरसम्म छ।

बेलग्राभिया प्लेसमा कुल एक हजार इकाइ निर्माण भइरहेका छन्, जसलाई दुई चरणमा विकास गरिनेछ। पहिलो चरणमा सात सय १४ इकाइ उपलब्ध हुनेछन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .