हङकङको साउना क्लबमा पेट्रोल बम प्रहार

हङकङको साउना क्लबमा पेट्रोल बम प्रहार

सुनहिङ भवनको आठौँ तलामा रहेको साउना क्लबमा बम प्रहार भएको हो (द स्ट्यान्डर्ड)


नेपालखबर
फागुन ९, २०८० बुधबार १६:४१, हङकङ

आज (बुधबार) हङकङको मङककस्थित साउना क्लबमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ।

सुनहिङ भवनको आठौँ तलामा रहेको साउना क्लबमा दिउँसो १२ बजे पेट्रोल बम प्रहार भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

बम प्रहारपछि लागेको आगोलाई क्लबका कर्मचारीले नियन्त्रणमा लिएका थिए। घटनामा कुनै क्षति भएको जानकारी छैन।

बम प्रहारका कारण रिसेप्सन नजिकै आगो लागेको थियो। प्रहरी र अग्निनियन्त्रहरू पुग्नुअगावै कर्मचारीले आगो निभाएका थिए।

घटनाका दोषी पत्ता लगाउन आपराधिक गतिविधिको निगरानी गर्ने सुरक्षा संयन्त्र एन्टी ट्राइड युनिटका अधिकारीहरूले काम गरिरहेको प्रहरीले जनाएको छ। -एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .