सेन्जेनवासीलाई हङकङमा बहु–प्रवेश भिसा : कति फलदायी?

सेन्जेनवासीलाई हङकङमा बहु–प्रवेश भिसा : कति फलदायी?

नेपालखबर
पुस २७, २०८० शुक्रबार १९:२१, हङकङ

हङकङलाई मुख्यभूमि चीनसँग जोड्ने आधुनिक सहर सेन्जेनका बासिन्दालाई हङकङको बहु–प्रवेश (मल्टिपल इन्ट्री) भिसा पुनः सुचारु गर्ने विषयमा यतिखेर बहस चलेको छ।

केही अर्थशास्त्रीले यो योजना पुनः लागू गरेमा हङकङको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताएका छन्।

त्यसैले सहरका अधिकारीहरू लुनार नयाँ वर्षको बिदाअघि नै यो विषयालाई टुंगोमा पुर्‍याउन सीमापारका समकक्षीसँग छलफलमा जुटेका छन्।

सन् २०१९ मा सेन्जेनका बासिन्दालाई एक वर्षसम्म प्रयोग गर्न पाउने गरी मल्टिपल–इन्ट्री भिसा दिन सुरुआत गरिएको थियो।

तर, सन् २०१५ मा यसलाई हप्तामा एक पटक मात्र भ्रमण अनुमति दिने गरी प्रतिस्थापन गरियो।

अहिले फेरि पुरानै स्थितिमा फर्काउने गरी बहस सुरु भएको हो।

नयाँ योजनाले सेन्जेनवासी पनि खुसी देखिन्छन्। सेन्जेन निवासी ३८ वर्षीया झुआङ यिङले योजनाको पुनः सुरुआतलाई स्वागतयोग्य भनेकी छन्। योजना लागू भएमा सेन्जेनबासीले हङकङमा धेरै पटक भ्रमण गर्ने र जसको कारण हङकङको अर्थतन्त्रमा सहयोग पुग्ने उनको विश्वास छ।

‘हङकङमा घुम्न र खाना खाने धेरै ठाउँ छन्,’ झुआङ भन्छिन्, ‘बहु–प्रवेश योजनाले पर्यटकलाई सहर भ्रमण गर्न थप सुविधाजनक बनाउनेछ।’

यद्यपि, यो योजनालाई आलोचनात्मक समर्थन गर्ने पनि छन्।

नाटिक्सिस कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकका वरिष्ठ अर्थशास्त्री गेरी चुक–यान भिसा फिर्ताले आगन्तुकको संख्यामा वृद्धि हुने भए पनि आर्थिक वृद्धि र पर्यटन राजस्वमा हुने वृद्धि भने सीमित रहने बताउँछन्। (एससीएमपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .