हङकङमा कोरोनाबाट १८ संक्रमित, चीनमा ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

हङकङमा कोरोनाबाट १८ संक्रमित, चीनमा ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

नेपालखबर
माघ २२, २०७६ बुधबार ९:५६,

सिन्ह्वाका अनुसार हङकङमा कोरोनाको संक्रमण बढ्दो छ। हङकङ सरकारले कोरोना नियन्त्रण गर्न चीनसँगको हवाइ, रेल तथा डुंगा सेवाहरु स्थगित गरेका छन्।

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरेका थिए।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।

उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो।

कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ। सिन्ह्वाका अनुसार २४ हजार भन्दा बढी चीनमा संक्रमित छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .