मास ट्रान्जिट रेलवे (एमटीआर)ले काउलुन स्टेसन र फुसन स्टेसनबीचको दैनिक रेल सेवा बढाउने भएको छ।
कर्पोरेसनले बुधबार घोषणा गरेअनुसार जनवरी १० देखि यी दुई स्टेसनबीच चल्ने रेलको संख्या ७४ बाट ९८ पुग्नेछ।
यी स्टेसनको प्रस्थान समय समेत बढाइने भएको छ। जसअन्तर्गत फुसन स्टेसनबाट अन्तिम रेल ११ छुट्नेछ भने पश्चिम काउलुनबाट १०.३१ बजे छुट्नेछ।
यसअघि फुसनमा अन्तिम प्रस्थान समय १०.१० र पश्चिम काउलुनमा १०.०१ थियो।
यसका साथै केही छोटो दुरीका रेलको अन्तिम प्रस्थान समय पनि बढ्ने भएको छ।
जस्तो, ग्वाङझाउदोङबाट पश्चिम काउलुन जाने रेलको अन्तिम प्रस्थान समय ८.१८ बाट बढेर ८.५० पुग्नेछ।
त्यस्तै, हाइस्पिड रेल (एचएसआर)को टिकट पनि शुक्रबार (२९ डिसेम्बर)देखि अग्रिम बिक्री खुला हुनेछ।
हाइस्पिड रेल (एचएसआर)ले राष्ट्रव्यापी रूपमा रेलको समयतालिका र टिकटिङ प्रणालीलाई पनि समायोजना गरिरहेको हुनाले टिकट खरिद गर्नुअघि मुख्यभूमिको १२३०६ वेबसाइट वा मोबाइल एपमा नयाँ तालिका र अग्रिम बिक्री भए/नभएको जाँच गर्न एमटीआरले सुझाएको छ।
Shares

प्रतिक्रिया