हङकङमा कार दुर्घटना हुँदा सात महिनाको शिशुसहित पाँच जना घाइते

हङकङमा कार दुर्घटना हुँदा सात महिनाको शिशुसहित पाँच जना घाइते

नेपालखबर
मंसिर १०, २०८० आइतबार १६:४०, हङकङ

आइतबार हङकङको ताइपोमा सवारी दुर्घटना हुँदा सात महिनाको शिशु सहित पाँच जना घाइते भएका छन्

आइतबार दिउँसो करिब पौने ३ बजे क्लासिकल गार्डेन नजिकै टोलो राजमार्गमा गुडरहेको कार डिभाइडरमा ठोकिँदा उक्त दुर्घटना भएको हो।

कार डिभाइडरमा ठोकिएपछि कारभित्र रहेकामध्ये विदेशी घरेलु कामदार र सात महिनाको बच्चा बाहिर हुत्तिएका थिए।

कारबाट बाहिर बजारिन पुग्दा अनुहार, हात र खुट्टामा चोट लागेकी घरेलु कामदार बेहोस भएकी थिइन् भने शिशु होस्मै रहेको स्थानीय अखबारमा उद्धृत छ।

उनीहरूलाई प्रिन्स अफ वेल्स अस्पताल पठाइएको थियो।

त्यस्तै कारभित्र रहेका अन्य तीन जना– ५३ वर्षीय चालक, उनीक श्रीमती र अर्को एकजना साथी पनि घाइते भएका छन्।

उनीहरूलाई पनि अस्पताल पठाइएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .