हङकङ हाउजिङ सोसाइटीले बजार मूल्यभन्दा सस्तोमा ४ सय फ्ल्याट बेच्ने

३१ हजार डलर वा कम मासिक आम्दानी हुनेले ३८ प्रतिशत घटीमा किन्न पाउने, ३० नोभेम्बरदेखि आवेदन खुला
हङकङ हाउजिङ सोसाइटीले बजार मूल्यभन्दा सस्तोमा ४ सय फ्ल्याट बेच्ने

हेमा एम्बर अनुदानित आवासको लागि डिजाइन गरिएको फ्ल्याट (एससीएमपी)


नेपालखबर
मंसिर ६, २०८० बुधबार १५:५८, हङकङ

हङकङ हाउजिङ सोसाइटीले बजार मूल्यको ६२ प्रतिशतमा चार सय बढी फ्ल्याट बिक्री गर्ने भएको छ।

जसअन्तर्गत सबैभन्दा सस्तो फ्ल्याट क्वाङ छङस्थित हेमा एम्बर डेभलपमेन्टमा रहेको छ।

जहाँ सस्तोमा २.५५ मिलियन हङकङ डलरदेखि महँगोमा ६.४५ हङकङ डलरका फ्ल्याट रहेका छन्।

हङकङ हाउजिङ सोसाइटीका बिक्री तथा मार्केटिङ महाप्रबन्धक पिटर ओरले बजारमा आएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै मानिसहरूको आवश्यकतालाई मध्यनजर गरेर यस्तो योजना ल्याइएको बताए।

हङकङकै दोस्रो ठूलो सार्वजनिक आवास प्रदायकले यस महिना प्राइम काउलुन जिल्लामा रहेका चार सय भन्दा बढी फ्ल्याट बजार मूल्यभन्दा ३८ प्रतिशतमा कममा उपलब्ध गराउन लागेको हो।

हङकङ हाउजिङ सोसाइटीले सन् २०२५ सम्ममा सम्पन्न हुने क्वान तोङका निर्मित ४ सय २२ फ्ल्याटको बुधबार मूल्य निर्धारण गरेको छ।

यी फ्ल्याट सोसाइटीको ६ वटा परियोजनाका लागि योजना बनाइएका ६ हजार सहुलियत फ्ल्याटमध्ये हुन्।

हेमा एम्बरको नामले चिनिने एन्डरसन रोडमा निर्मित फ्ल्याटहरू सोसाइटीको ‘सब्सिडाइज्ड सेल फ्ल्याट’ योजनाअन्तर्गत सबैभन्दा नयाँ हो। जसमा मध्यम आय भएका परिवारलाई छुटमा बेच्ने लक्ष्यका साथ साना र मझौला आकारका डिजाइन गरिएका आवासीय भवन समाहित छन्।

महाप्रबन्धक पिटर परियोजनाको नक्सा देखाउँदै (एससीएमपी)

यसको आकार ३०३ वर्ग फुटदेखि ६५८ वर्ग फुटसम्म छ। सबैभन्दा सस्तोमा २.५५ मिलियनदेखि सबैभन्दा महँगोमा ६.४५ मिलियन हङकङ डलरमा बेच्न मिल्ने यी फ्ल्याटको प्रतिवर्ग फुट मूल्य ८ हजार २ सय १२ देखि ९ हजार ८ सय १२ हङकङ डलरको बीचमा छ।

यी फ्ल्याट ३१ हजार हङकङ डलर वा याे भन्दा कम मासिक आम्दानी हुने खरिदकर्ताले मात्र किन्न सक्नेछन्। र, उनीहरूले ७ लाख ३५ हजार हङकङ डलर बरारबको सम्पत्ति मात्र खरिद गर्न पाउनेछन्।

त्यस्तै, पारिवारिक सदस्य बढी भएका खरिदकर्ताको लागि घरपरिवारको मासिक आम्दानी ६२ हजार हङकङ डलरभन्दा बढी हुनु हुँदैन भने उनीहरूले १.४७ मिलियन हङकङ डलर बराबरको मात्र सम्पत्ति खरिद गर्न पाउने छन्।

बजारमा मूल्यभन्दा ३८ प्रतिशत छुटमा किन्न सकिने यी फ्ल्याट किस्ताबन्दीमा पनि उपलब्ध हुनेछन्। योग्य आवेदकलाई ९० प्रतिशतसम्म धितो कर्जा उपलब्ध गराउन १६ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता भइसकेको सोसाइटीले जनाएको छ।

खरिदको लागि आवेदन अवधि ३० नोभेम्बर २०२३ देखि १३ डिसेम्बर २०२४ सम्म समय तोकिएको छ। आवेदन शुल्क २७० हङकङ डलर रहेको छ।

योग्य आवेदकलाई चिठ्ठा प्रणालीद्वारा छनोट गरिनेछ। चिठ्ठाको नतिजा २०२४ को फेब्रुअरीमा प्रकाशित हुनेछ।

गत महिना हङकङका प्रमुख कार्यकारी जोन लीले पनि आफ्नो नीति सम्बोधनमा हङकङमा आगामी दशकमा अनुदानयुक्त ४ लाख १० हजार नयाँ सार्वजनिक फ्ल्याट बन्ने बताएका थिए।

उनले त्यतिखेर फ्ल्याट बिक्रीमा सुस्तता देखिएकोप्रति पनि चासो व्यक्त गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .