हङकङ : कार्यस्थलमा निर्माण सामग्री खस्दा चार मजदुर घाइते, एक गम्भीर

हङकङ : कार्यस्थलमा निर्माण सामग्री खस्दा चार मजदुर घाइते, एक गम्भीर

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १४:७, हङकङ

हङकङको याउमा तेईस्थित कार्यस्थलमा निर्माण सामग्री खस्दा चार मजदुर घाइते भएका छन्।

जसमध्ये एक जना गम्भीर घाइते भएका छन्।

फेरी सडक र कान्सु सडकको चोकमा रहेको निर्माणस्थलमा शनिबार दिउँसो उक्त दुर्घटना भएको हो।

स्रोतका अनुसार धातुको निर्माण सामग्रीलाई क्रेनले उचाल्ने क्रममा खसेर मजदुरलाई लागेको हो।

घटनालगत्तै एक जनालाई घटनास्थलमा रहेका सहकर्मीले बेहोस अवस्थामा उद्धार गरेका थिए।

त्यस्तै, अर्को एक जना खसेको सामग्रीबाट थिचिएका थिए।

यसैगरी, दुर्घटनाको समयमा भागदौड हुँदा अन्य दुई जना कामदार पनि सामान्य घाइते भएका छन्।

चारै जनालाई उपचारार्थ अस्पताल पठाइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .