हङकङको याउमा तेइस्थित टाइफुन सेल्टरमा काम गर्ने क्रममा एक कामदार तीन मिटर तल खस्दा बेहोस भएका छन्।
सोमबार बिहान ३० होइफाइ रोड नजिक न्यु याउमा तेइ टाइफुन सेल्टरमा काम गर्ने क्रममा उनी चिप्लिएर तल खसेका हुन्।
चिप्लिएर खसेका उनी जहाजको क्याबिनमा बजारिन पुगेका थिए।
करिब पौने १२ बजे भएको उक्त घटनापछि सहकर्मीले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
उनलाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ।
159
Shares
प्रतिक्रिया