कोरोना भाइरसः मास्क लगाएर हङकङ सरकारले आयोजना गर्‍यो पत्रकार सम्मेलन

कोरोना भाइरसः मास्क लगाएर हङकङ सरकारले आयोजना गर्‍यो पत्रकार सम्मेलन

नेपालखबर
माघ १४, २०७६ मंगलबार १०:३०,

मंगलबारसम्म चीनमा कोरोनाको संक्रमणबाट झन्डै ५ हजार बिरामी पर्दा हङकङमा ८ जनामा कोरोनाको संक्रमण देखिएको हो।

यस भाइरसका कारण चीनमा मात्र १ सय ६ जनाको मृत्यु भएको छ। चीनबाहिर थाइल्यान्डका एक महिलाको मृत्यु भएको छ।

कोरोना भाइरसबारे मंगलबार हङकङमा सरकारले एक पत्रकार सम्मेलनको अयोजना गरेको थियो।

उक्त पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख क्यारी लामसहित अन्य अधिकारीहरु मास्क लगाएर कार्यक्रममा उपस्थित भएका थिए।

उक्त पत्रकार सम्मेलनमा हङकङले मुख्य क्षेत्र चीनसँगको आधा हवाई यात्रा बन्द गर्ने निर्णय गरेको जानकारी दिइएको छ। रेल सेवा तथा बस सेवामा पनि कडाई गरिएको बताइएको छ।

Carrie Lam listed the containment measures. Photo: Nora Tam

यस्तै चीनले आफ्ना नागरिकलाई तत्काल हङकङको प्रवेशाज्ञा नदिने भनेर हङकङसँग सहमति गरेको पत्रकार सम्मेलनमा बताइएको थियो।

कोरोनाको संक्रमण बढेसँगै गत शनिबारदेखि हङकङमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

यस माहामारीको खतरा मध्यनजर गर्दै सरकारले फेब्रुअरी १७ सम्म सबै विद्यालयहरु पनि बन्द गरेको छ।

चीनको वुहान शहरबाट फैलिएको यस भाइरस हाल विश्वका १८ वटा देशमा देखिएका छन्।

वुहान शहरबाट भ्रमणमा आएका चिनियाँ पर्यटकमा नै पहिलोपटक हङकङमा कोरोनाको संक्रमण देखिएको थियो।

त्यसयता यसको संक्रमण बढ्दो छ। विश्वभर यसको प्रकोप फैलिरहेको छ। चिनियाँ चिकित्सक तथा विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरु यस भाइरसको रोकथामका लागि जुटेका छन्।

यो पनि।

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ? 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .