सोमबार बिहान हङकङको चेङवान ओमा निजी भवन नजिक पहिरो खसेको छ।
बिहान करिब १० बजे समुन्द्रको किनारमा रहेको ढलानसहितको भागमा पहिरो गएको हो।
पहिरो गएको ढलान क्षेत्र २० वर्षदेखि जाँच तथा मर्मत नभएको बुझिएको छ। २० वर्षअघि यस स्थानलाई ओस्कार बाइ द सीले ओगटेपछि यसको मर्मत नभएको हो।
ओस्कार बाइ द सी एक निजी आवासीय सम्पत्ति हो। जुन सनहङ काइ प्रपर्टिज र हङकङ अक्सिजनद्वारा संयुक्त रूपमा निर्माण गरिएको हो।
पहिरोबाट मानवीय तथा भौतिक क्षति भएको छैन।
69
Shares
प्रतिक्रिया