हङकङमा टाइफुन कोइनुको प्रभाव : शुक्रबार टी३ संकेत जारी गर्ने तयारी

हङकङमा टाइफुन कोइनुको प्रभाव : शुक्रबार टी३ संकेत जारी गर्ने तयारी

तस्बिर : एससीएमपी


नेपालखबर
असोज १८, २०८० बिहिबार १९:१७, हङकङ

हङकङमा समुन्द्री आँधी कोइनुको प्रभाव बढ्दै गएपछि टी३ संकेत जारी हुने सम्भावना बढेर गएको छ। बिहीबार अब्जर्भेटरीले उक्त संकेत गरेको हो।

टाइफुन कोइनु बिहीबार बेलुका ५ बजे सहरबाट ५८० किलोमिटरको दूरीमा रहेको अनुमान गरिएको छ। साथै, ताइवान स्ट्रेट पार गरी उक्त आँधी प्रतिघण्टा १० किलोमिटरको गतिमा पश्चिमतर्फ सर्ने अनुमान गरिएको छ।

यो सँगै शुक्रबार राति वा शनिबार बिहानसम्ममा टी३ संकेत जारी गर्ने तयारीमा अब्जर्भेटरी जुटेको हो।

टाइफुन कोइनु बिहीबार राति वा शुक्रबार बिहानसम्म हङकङबाट ४०० किलोमिटर वा सोभन्दा पनि नजिकको दूरीमा आइपुग्न सक्ने अनुमान गरिएको छ।

यतिखेर हङकङमा टी१ संकेत जारी छ। यो संकेत कम्तीमा शुक्रबार दिउँसोसम्म कायम रहनेछ। यो अवधिमा भारी हावा चल्ने सम्भावना भने न्यून रहेको मौसमविद्ले बताएका छन्।

यद्यपि कोइनु पूर्वी ग्वाङझङको तट नजिक पुग्दा भने शुक्रबार दिउँसोबाट हावाको गति बढ्दै जान सक्ने अनुमान गरिएको छ।

कोइनुको प्रभावले आइतबार र सोमबार भारी वर्षा हुनसक्ने पनि मौसमविद्ले बताएका छन्।

हङकङमा गत महिना पनि शक्तिशाली टाइफुन आएको थियो।

त्यतिवेला आएको सुपर टाइफुन साओलाका कारण सहरमा पाँच वर्षपछि पहिलो पटक संकेत नं. १० जारी गरिएको थियो।

साओलाका कारण घाइते भएका कम्तीमा १४० जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .