हङकङ अब्जर्भेटरीले आउँदो शुक्रबारसम्म सहरको ४ सय किलोमिटरभित्र ‘कोइनु’ टाइफुन प्रवेश गर्ने प्रक्षेपण गरेको छ।
आइतबार दिउँसो कोइनु टाइफुन मनिलाको ९ सय किलोमिटर उत्तरपूर्वमा केन्द्रित रहेको बताइएको छ।
कोइनु मंगलबारसम्म हङकङको ८ सय किलोमिटरभित्र प्रवेश गर्ने र बुधबार तीव्र आँधीमा परिणत हुने अनुमान गरिएको छ।
यो आँधी शुक्रबारसम्म सहरको ४ सय किलोमिटरभित्र आइपुग्ने मौसमविद्हरूको पूर्वानुमान छ।
आँधीमा हावाको गति १५५ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ। जुन सुपर टाइफुन साओलाभन्दा ४५ कम हो। साओलाले गत महिना हङकङमा विनाश ल्याएको थियो।
असोज १४, २०८०, आइतबार
प्रतिक्रिया