हङकङको काउलुनमा रहेको होली फेमिली क्यानोसियन कलेजको नजिकै १३ वर्षीया बालिका अचेत अवस्थामा भेटिएकी छन्।
शुक्रबार बिहान करिब साढे आठ बजे उनलाई लडिरहेको अवस्थामा भेट्टाइएको हो।
खबर पाउनासाथ घटनास्थल पुगेका उद्धारकर्मीले उनलाई अस्पताल पुर्याएका थिए। तर, अस्पतालले मृत घोषित गर्यो।
बालिकाले कलेजको छतबाट हाम फालेको आशंका गरिएको छ।
घटनाबारे कानुन प्रवर्तक अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।
असोज १२, २०८०, शुक्रबार
प्रतिक्रिया